आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गयो

AuthorAP Khabar २०८० आश्विन २१, आईतबार ( २ साल अघि) १५९ पाठक संख्या

काठमाण्डौ – अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।

 

भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो ।

प्रतिक्रिया दिनुहोस