आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु

एपी खबर २०८० आश्विन २४, बुधबार ( २ साल अघि) १४४ पाठक संख्या

जेरुसलेम– इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो सन्देशमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।

 

यसैबीच इजराइलले गाजा पट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए । इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस