आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको मृत्यु

एपी खबर २०८० कार्तिक २१, मंगलबार ( २ साल अघि) १८० पाठक संख्या

गाजापटटी– इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन । प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।

 

इजरायलले अक्टोबर ७ मा इस्लामवादी लडाकु समूहले क्रूर आक्रमण गरेपछि हमास विरुद्ध युद्धको घोषणा गरेको थियो । हमास आक्रमणमा परी इजरायलमा १४ सय मारिएका थिए भने २४० भन्दा बढीलाई अपहरण गरिएको थियो ।इजरायलले गाजामा हवाई र जमिन आक्रमण गरेर लडाकु समूहलाई हटाउने वाचा गर्दै बदला लिन सुरु गरे पछि १० हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको सिएनएनले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार भन्यो कि उसले गत २४ घण्टामा हमासका सयौँ लक्ष्यहरूमा आक्रमण गरेको छ र गाजाको एक सैन्य परिसरलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस