आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, बाढीको जोखिम कायमै

एपी खबर २०८० कार्तिक ३०, बिहिबार ( २ साल अघि) ९९ पाठक संख्या

एजेन्सी– केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताउनुभएको छ ।

 

ताना र आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो । केन्याको मौसम विभागले आउँदाे जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ ।

 

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस