आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चीनमा आएको भुकम्पमा परि मृत्यु हुनेको संख्या एक सय ११ पुग्यो

एपी खबर २०८० पौष ३, मंगलबार ( २ साल अघि) ३४७ पाठक संख्या

काठमाडौँ : उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।

 

भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ। प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ। रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ।

प्रतिक्रिया दिनुहोस