आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जेन्जीको माग पवित्र भएतापनि घुसपैटियाहरूलेहरुले देशमा बितण्डा मच्याए- एमाले प्रदेश सचिव पौडेल

एपी खबर २०८२ कार्तिक २३, शनिबार ( २ महिना अघि) १४९ पाठक संख्या
नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जेन्जीको माग पवित्र भएतापनि घुसपैटियाहरूलेहरुले देशमा बितण्डा मच्याएको आरोप लगाउनु भएको छ । उहाँले जेन्जिका माग एमाले अध्यक्ष केपी ओली  नेतृत्वको सरकारले पुरा गर्न लागिरहेको अवस्थामा केही दल र एनजीओबाट चलेकाहरूले तोडफोड आगजनी र लुटपाट गरेर क्षेती पुर्याएको बताउनुभयो। एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकोले जनताको मनबाट कहिल्यै नहट्ने उहाँको दाबी थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा आफूलाई उभ्याएको कारणले गर्दा केही दल र देशी विदेशी शक्तिले सरकारबाट हटाएको उहाँको आरोप थियो।
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीले आयोजना गरेको जनभेला लाई सम्बोधन गर्दै सचिव पौडेलले यस्तो बताउनुभएको हो ।
त्यसैगरी कार्यक्रम बोल्दै जितको जितपुरसिमाराका उपप्रमुख भोलाप्रसाद अधिकारीले आफू र आफ्नो पार्टीले सधैँ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
३नंबर वडा कमिटीका अध्यक्ष शुक्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सचिवालय सदस्य सुंदर बी.क.,जिल्ला कमिटी सद्सय कमल देबकोटा,नगर कमिटी सदस्यहरू मदन तिमल्सिना, चेतनाथ रिमाल ,कार्यवाहक वडा अध्यक्ष माया बिक, शंकर पाख्रिन,अनिता क्षेत्री लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गणेश थपलियाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस