आज:  २०८२ मंसिर ३०, सोमबार | Mon, 15, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा र बाराका क्वारेन्टाइनमा बसेका ५० जनामा कोरोना पुष्टि

एपी खबर २०७७ श्रावण ५, सोमबार ( ५ साल अघि) ७४३ पाठक संख्या

संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

उनका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् । पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए ।

‘बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला हुन्,’मिसन खोजसंग मेसु उपाध्यायले भने, ‘आइतबार राति भएको परीक्षणमा बारा र पर्साका ५० जना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो ।’ संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस