आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा जग्गाको बिषयलाई लिएर झडप हुदाँ एक जनाको मृत्यु

एपी खबर २०८० फागुन १२, शनिबार ( २ साल अघि) ४३८ पाठक संख्या

रौतहट । रौतहटमा जग्गाको बिषयमा विवाद हुदाँ एक जनाको मृत्यु भएको छ । झडपमा परेरे जिल्लाको दुर्गा भगवती गाउँपालिका- २ भलोहिया बस्ने बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा दासको मृत्यु भएको छ भने प्रहरीले एकजना पक्राउ समेत गरेको छ । जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए ।

 

लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले बताईन ।मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस