बारा : बारा जिल्लाको एउटा ठूलो बजारको नाम आउने बितिकै जीतपुर बजारको नाम आउछ ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ मा जीतपुर पर्छ ।अहिले जीतपुर स्थित शान्ति टोल खेल मैदान नजिकै बन्दै गरेको बिवाह मण्डपलाई लिएर फोहोरी राजनीति सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरको जीतपुरमा अहिले बिवाह मण्डप बन्दै गरेको अवस्थामा रहेको छ ।
बिवाह मण्डप निर्माणलाई लिएर अहिले जीतपुरमा फोहोरी राजनीति सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरमा निर्माणाधीन बिवाह मण्डप कै छेउमा व्यवसायिक प्रायोजनको लागि सटर समेत निर्माण भईरहेको छ ।सटर निर्माणलाई लिएर अहिले जीतपुरसिमरा उपमहानगरमा नानाथरिका टिका टिप्पणी सुरु भएको छ ।निर्माणाधीन सटर र बिवाह मण्डप निर्माणको काम तत्काल रोक्नको लागि जीतपुरका केहि राजनीतिक दलका प्रतिनिधिहरु उपमहानगरको कार्यालय पुगेर उपमहानगर प्रमुख राजन पौडेललाई ध्यान आकर्षण पत्र बुझाएको छ ।
अहिले निर्माणाधीन रहेको सटरलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ता माथि बिभिन्न आरोप प्रत्यारोप समेत भईरहेको छ ।वडाध्यक्ष गुप्ताले आफुले जीतपुरको बिकासमा लागेको र जीतपुरलाई बिकसित बजार बनाउनमा लागेको देखेर केहि बिपक्षीले आफ्नो खुट्टा तान्ने काम सुरु गरेको बताए ।उनले बिवाह मण्डप निर्माणले जीतपुरका स्थानीयलाई धेरै राहत हुने हो बिवाहमा लाग्ने खर्चलाई न्यून गर्नको लागि हामीले बिवाह मण्डप निर्माण गर्न लागेका छौं तर यो निर्माण हेरेर केहि बिपक्षीलाई पचेन जस्तो लागेर अहिले खाडल खन्दै हिडिरहेको बताए ।
जीतपुर बजार जीतपुरसिमरा उपमहानगरको मुटु हो त्यहि मुटुलाई जिवितै राख्नको लागि आफुले बिवाह मण्डप र सटर निर्माणमा लागेको र केहि बिपक्षीले आफुलाई असफल बनाउनको लागि नै फोहोरी राजनीति गरेर जीतपुरको बिकासलाई रोक्न लागेको आरोप लगाएको छ । जीतपुरसिमरा उपमहानगरले नै जीतपुरको बिवाह मण्डपको डिजाइन गरेर दिएको तर पछिल्लो समय यता केहि आराजक व्यक्तिहरुले नगरप्रमुखलाई उचालेर बिकासको कार्यमा अवरोध गर्न खोजेको वडाध्यक्ष गुप्ताको आरोप छ ।
प्रतिक्रिया दिनुहोस