आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा समाज अमेरिका द्वारा होलि मिलन कार्यक्रम सम्पन्न

एपी खबर २०८० चैत्र १२, सोमबार ( ३ महिना अघि) ११९ पाठक संख्या

बारा : अमेरिकाको टेक्सासमा रहेको बारा समाज द्वारा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।अमेरिकाको टेक्सासको विभिन्न ठाउँमा बासोबास गर्ने बारा बासिहरुले होलिको अवसर पारेर होलि मिलन कार्यक्रम धूमधामको साथ सम्पन्न गरेको छ ।

 

 

अमेरिकाको टेक्सास राज्यको हलटम सिटिमा अवस्थित Buffalo Ridge park मा आईतबार बारा समाज अमेरिकाले आयोजना गरेको होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।बारा समाजका अग्रज ब्यक्ति राजिव लोचन रिमालले सबैलाई टीका लगाएर होलि मिलन कार्यक्रमको सुरुवात गरिएको थियो।होलि मिलन समारोह कार्यक्रममा नाचगानको समेत आयोजना गरेर होलि मिलन कार्यक्रम भब्य रुपमा मनाईएको छ ।

यसैबिच होलिमिलन कार्यक्रमको अवसर पारेर बारा समाज अमेरिकाको ९ सदस्यीय कार्यसमिति तथा ३ जनाको सल्लाहकार समिती समेत सर्वसम्मतले चयन गरिएको छ।समितिको अध्यक्षमा अमरनाथ साह,उपाध्यक्षमा बन्दना बिष्ट,सचिवमा राम प्रसाद अधिकारी ,कोषाध्यक्षमा सुबोध आचार्य ,सदस्यमा उमेश साह,बलराम श्रेष्ठ,कौशल बिष्ट ,सन्जु साह,शैलेश अर्याल रहेको छ भने सल्लाहकार समितिको संयोजकमा सन्जय रिमाल,सदस्यमा सन्तोष चौधरी र पन्कज अर्याल रहेको छ ।होलि मिलन कार्यक्रमको संचालन राम प्रसाद अधिकारीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस