आज:  २०८१ मंसिर २८, शुक्रबार | Fri, 13, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप : आयोजक फाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र २०, मंगलबार ( ८ महिना अघि) २६२ पाठक संख्या

बारा : पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा चैत्र २ञ गते बुधवार हर्दि युवा समाज चितवन र एभेरेष्ट फुटबल एकाडेमी सर्लाही बिच अन्तिम सेमिफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस