आज:  २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकैका घोगामा दाना नलागे पछि बाराका किसान चिन्तित

अखिलेश कुमार यादव २०८० चैत्र २४, शनिबार ( ८ महिना अघि) ४४१ पाठक संख्या

बारा : उन्नत जातको मकैमा दाना नलागेपछि बाराका किसान चिन्तित भएका छन् । जिल्लाको जीतपुरसिमरा,कलैया,कोल्हवी,निजगढ लगाएतका स्थानमा हजारौ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागने गरेको छ तर, बाली भित्र्याउने बेला मकैका घोगामा दाना नलागेपछि बाराका किसान चिन्तित बनेका छन्।मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको बाराका किसानहरुले गुनासो गरिरहेको छ । प्रति किलो रु ६५० किलोमा किनेर ३ बिघा १० कठा क्षेत्रफलमा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको जीतपुरसिमरा ११ खैरवाका किसान रामानन्द बछारले बताउनुभयो । “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उनले भने, “अहिले सबै लगानी डुब्यो ।” जीतपुरसिमरा र कलैयाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ ।यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान सन्तोष यादवले गुनासो गरे । उनले गत कार्तिकमा पांच बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन ।महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन् । नेपाल सरकारले प्रामनिकरणको मकैको बिउँ बाराका किसानले लगाए पनि मकै बाट सोचे जसो आम्दानी नहुने भए पछि अहिले बाराका कतिपय किसानहरुले मकैको पात काटेर गाई भैसीलाई समेत खुआउन सुरु गरेको छ ।दाना नलागेपछि मकै खेती लगाउँदा लगानी भएको मल, बिउ र ज्याला कसरी उठाउने भन्ने चिन्तामा किसान छन् । हिउँदे मकै खेती राम्रो हुने भएकाले बाराका किसान यसमा आकर्षित छन् । तर मकैमा दाना नलाग्ने समस्याबाट उनीहरू पिरोलिएका छन् । मकैमा दाना नलागेको भन्दै किसान भौंतारिए पनि अहिलेसम्म कति किसानको कति क्षेत्रफल जमिनमा यस्तो समस्या देखियो यकिन तथ्यांक राज्यले लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस