आज:  २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

दोश्रो जनकपुर मेयर कपमा धनुषालाई पराजित गर्दै बाराले उचाल्यो उपाधि

एपी खबर २०८० चैत्र २४, शनिबार ( १० महिना अघि) १९७ पाठक संख्या

जनकपुरधाम : बारा जिल्ला क्रिकेट संघले दोस्रो जनकपुर मेयरकपको उपाधि उचालेको छ । शनिवार जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री राम जानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा धनुषालाई ८ रनले हराउदै बारा दोस्रो मेयरको उपाधि उचाल्न सफल भएको हो ।प्रथम जनकपुर मेयरकपममा धनुषाले बारालाई पराजित गरेको थियो भने दोश्रो मेयरकपमा बाराले धनुषालाई हराएर उपाधि उचाल्न सफल भएको हो ।

 

टस पहिलो ब्याटिङ्गको निम्तो पाएको बाराले निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतीमा १ सय ३ रनको योगफल तयार पारेको थियो ।बाराका लागि निकेश गुप्ता नटआउट ४२, रोशन साह नटआउट २१ तथा निखिल सिंह १४ रन बनाएपनि अन्य ब्याट्सम्यानहरु दोहोरो अंकमा रन जोड्न सकेन । धनुषाका लागि रुपेश यादव, बिशाल शुसलिङ्ग र अखिलेश ठाकुर सम्मान २÷२ विकेट लिएका थिए । १ सय ३ रनको मध्यम स्कोर पछयाउन मैदान उत्रेको धनुषा १९.४ ओभरमा अलआउट हुदै मात्र ९५ रन बनाउन सक्यो । अन्तराष्ट्रिय अनुभवी खेलाडी बाराका पवन सर्राफ ३.४ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिएपछि धनुषाको पारी धरापमा पर्न गएको हो । धनुषाका लागि बिशाल शुसलिङ्ग ३५ बलमा ३३ रन जोडेपनि अन्य ब्याट्सम्यान रन बटुल्न सकेन । अलि अकबर अन्सारी १५ र अखिलेस ठाकुर र मयन यादवले १०÷१० रन मात्र बनाउन सक्यो भन्ने अन्य ब्याट्सम्यानहरु सस्तोमै आउट भएका थिए ।

 

पवन सर्राफको ४ विकेटका आलावा बाराका भुलवन सहनी २, निखिल सिंह २ र सेराज हवारी १ विकेट लिएका थिए । विजेता बारा टिम नगद २ लाख ५१ र उपबिजेता धनुषा नगद १ लाख ५१ ह्जार राशी सहित आकर्षक ट्रफी र मेडल सहित पुरस्कृत भएका छन् । दुवै टिमलाई संघिय सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ, मधेश प्रदेशकी खेलकुद मन्त्री सुरिता साह, प्रतिनिधीसभा सदस्य मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नगद राशी र ट्रफी सहित पुरस्कृत गरेका छन् ।बारा क्रिकेट संघले नेपाली क्रिकेट टोलीलाई थुप्रै खेलाडी उत्पादन गरेर दिएको छ ।बारा बाट अहिले नेपालि क्रिकेट टिममा अनिल साह,पवन साह लगातार कम्ब्याक गरेको छ ।

प्रतिक्रिया दिनुहोस