आज:  २०८१ मंसिर २८, शुक्रबार | Fri, 13, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मकैमा दाना नलागे पछि बिउँ बिजन गुणस्तरीय नियन्त्रक केन्द्रको टोलि द्वारा अनुगमन

अखिलेश कुमार यादव २०८० चैत्र २६, सोमबार ( ८ महिना अघि) ५०१ पाठक संख्या

बारा : उन्नत जातको मकैमा दाना नलागेपछि बाराका किसान चिन्तित भएका छन् ।जीतपुरसिमरा उपमहानगर र प्रसौनी गाउँपालिकामा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । किसानले मकैमा दाना नलागेको गुनासो बढे पछि बिउँ बिजन गुणस्तरीय नियन्त्रण केन्द्रले समिति नै गठन गरेर किसानको समस्या बुझनको लागि पठाएको छ ।

 

बिउँ बिजन गुणस्तरीय नियन्त्रण केन्द्रले पठाएको टोलीले आइतबार र सोमबार बाराका जीतपुरसिमरा उपमहानगर र प्रसौनी गाउँपालिकामा किसानले लगाएकोइ मकै बालीको निरीक्षण गरेको छ ।डा. भीमनाथ अधिकारीको संयोजकमा गठन भएको ७ सदस्यीय टोलीले जीतपुरसिमरा उपमहानगरको वडा न १५,१६,१८,२० र प्रसौनी गाउँपालिकाको वडा न ५ र ६ मा किसानले लगाएको मकै बालीमा निरीक्षण गरेको छ ।

 

बिउँ बिजन गुणस्तर नियन्त्रण केन्द्रले पठाएको टोलीले निरीक्षण गरेर मकै बालीमा दाना नलागेको किसानको मकैको नमुना परिक्षणको लागि जम्मा गरेर लागेको छ ।राष्ट्रिय मकै बालि अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा. भीमनाथ अधिकारिको संयोजकमा गठन गरिएको समितिको सदस्यमा राष्ट्रिय मकै बालि अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा. महेन्द्र त्रिपाठी,राष्ट्रिय बालि प्रजनन तथा अनुवसीक अनुसन्धान केन्द्र खुम्लातारका डा.उज्वल कुमार सिंह,बिउँ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरका बरिष्ठ बालि बिकास अधिकृत डा. प्रकाश आचार्य सहितको टोलीले बारा,पर्सा मा किसानको मकैमा देखिएको समस्यामा अनुगमन गरेको छ ।

 

कार्तिक महिनामा मकै लगाएको अधिकांश किसानको मकै बालीमा यस्तो समस्या देखिएको र यकिन रुपमा समस्याको पहिचान ल्याबमा नमुना परिक्षण गरे पछि मात्र थाह हुने बरिष्ठ बैज्ञानिक डा.भीमनाथ अधिकारीले बताए ।बारामा यस बर्ष ५ हजार ८ सय ६० हेक्टरमा माकी खेति गरिएको छ भने गत बर्ष ३७ हजार ४ सय ४० मेट्रिक टन मकै उत्पादन भएको र यस बर्ष माकी उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले बताए ।जीतपुरसिमरा उपमहानगरमा करिब १ सय ५० बिघा मा किसानले लगाएको मकैमा दाना नलाग्ने समस्या देखिएको छ भने प्रसौनी गाउँपालिकामा ६० बिघा मकैमा दाना नलाग्ने समस्या देखिएको कार्यालय प्रमुख साहले बताए ।

 

बाराका किसानले नेपाल सरकारले प्रमाणीकरण गरेको बिउँमै दाना नलागे पछि बाराका किसानहरु अहिले समस्यामा परेको छ ।किसानले बीउ उत्पादनगर्ने कम्पनीलाई कारबाही गरी क्षतिपूर्ती दिलाउन सरकारसँग माग समेत गरेका छन् ।यता कृषि ज्ञान केन्द्र बाराले क्षतिपूर्ति दिने अधिकार केन्द्र र प्रदेश सरकार संग रहेको हुनाले आफुहरुले यस बारेमा केहि भन्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस