आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट ठूलो परिणाममा गाँजा सहित एक जना पक्राउ

एपी खबर २०८१ बैशाख ६, बिहिबार ( १ साल अघि) २४५ पाठक संख्या

बारा : बारा प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ़ बारा बाट खटिएको प्रहरीको टोलीले २ सय ३० किलो गाँजा सहित एक जनालाइ पक्राउ गरेर बिहिवार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ़ले रौतहटको फतुवा विजयपुर नगरपालिका-४ टेङ्ग्रहाका २३ बर्षिय चन्दन पासवानलाई २ सय ३० किलो गाँजा सहित बुधवार राति १:३० मिनेटमा पक्राउ गरेको हो ।

 

प्रहरीले चेक जांचको क्रममा जिल्लाको पचरौता नगरपालिका -४ इनर्वामा ४ वटा जुटको बोरामा गाँजा राखिरहेको अवस्थामा प्रहरीलाई देख्न साथ पासवान भाग्न खोज्दा प्रहरीले १ राउण्ड गोलि हवाई फायर गरेर चन्दन पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बरामद गरेको गाँजाको मूल्य नेपालमा करिब छ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।पासवानलाई प्रहरीले म्याद ठप्प गरेर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ बरामद गरेको गाँजाको मूल्य नेपालमा करिब छ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस