बारा :७७ लाख ६९ हजार बराबरको अबैध समान सहित ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी बारा मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ७७ लाख ६९ हजार बराबरको सामान रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाट खटिएको प्रहरीको टोलीले वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नं.को ट्रकमा लोड गरेको ग्लास दाना, पेपर बोक्स, रिसाईन गम, मोटर पार्टस, लेडिस सुट र अन्य समानहरू गरी जम्मा अं.मुल्य रू.४७,७९,४३८।– रूपैया बराबरको बिल भरपाई फरक रहेकको समानको स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्रहरीले वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ८२३७ नं.को ट्रकमा लोड गरेको सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य समानहरू गरी जम्मा अं.मुल्य रू.२९,८९,५८३।– रूपैया बराबरको बिल भरपाई फरक रहेकको समानको स्रोत खुलाउन नसकेकोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ गरिएको ट्रक सहित समानलाई कारवाहीको लागि राजश्वल अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस