आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरी द्वारा हुण्डी कारोबार, गाँजा र चोरी पैठारीको विवरण सार्वजनिक

अखिलेश कुमार यादव २०८१ बैशाख १८, मंगलबार ( २ महिना अघि) १८९ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा,हुण्डी कारोबार र चोरी पैठारीको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक बर्ष २०७८/०७९ मा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ हजार बराबरको बिभिन्न समान पक्राउ गरेर भन्सार कार्यालय बुझाएको छ भने आर्थिक बर्ष २०७९/०८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ र आर्थिक बर्ष २०८०/०८१ को बैशाख १८ गते सम्म ४८ करोड ४१ लाख ५४ ह्गजार ८ सय ५७ मूल्य बराबरको समान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउनु भएको छ । जिल्ला प्रहरी कार्यालयले हुण्डी कारोबारीको विवरण समेत सार्वजनिक गरेको छ । बारा प्रहरीले श्रोत नखुलेको ३८ लाख ९ हजार रकम बरामद गरेको छ भने हुण्डी कारोबारमा संगलंगन रहेको आरोपमा ४ जना माथि मुद्दा दर्ता गरेको र ७ जनालाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको छ ।

 

लागुऔषध गाँजा सहित २ जना पक्राउ हाल सम्म १२ सय ८ किलो गाँजा पक्राउ

 

बारा- । बारा बाट लागुऔषध गाँजा सहित २ जाना पक्राउ परेको छ । निजगढ नगरपालिका- १० स्थित सडकबाट २ सय १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका- २ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका बस्ने जीवन घलान रहेको छ ।लागुऔषध गाँजा र ट्रक सहित दुबैजनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो ।

प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरेर दुबै जना अभियुक्तलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बैशाख १८ गते सम्म १२ सय ८ किलो गाँजा पक्राउ गरेको छ भने गाँजा सहित ५८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस