आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

एपी खबर २०८१ पौष ८, सोमबार ( १ साल अघि) १६८ पाठक संख्या

रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

 

स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको हो।

 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर  नगरपालिका २ महादेवपट्टी स्थित केही मानिसले अवैध घरेलु मदिरा  भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी  टोलीलाई देख्ना साथ  ग्यालेन सहितको बोरा फाली भारततर्फ भागी फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।

 

उक्त घरेलु मदिरा वेवारिसे अवस्थामा फेला पारी आईतवार नष्ट गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ । भारतको बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्रि बितरणमा मुख्य मन्त्री नीतीश कुमार नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि तस्करहरुले रौतहट लगायत कैयौँ जिल्लाको बिभिन्न नाकाहरु बाट नेपालमा उत्पादित मदिरा लुकिछिपी त्यहाँ पुर्याउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस