वीरगन्ज शहरलाई सफा,स्वच्छ र सुन्दर बनाउन विद्यालय(अस्पताललगायत बढी भिडभाड हुने स्थानमा पान,गुट्खा र सुर्तिजन्य पदार्थ बिक्रीमा कडाई गरिने भएको छ।
वीरगन्ज महानगरपालिका र पान,गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच बुधबार भएको छलफलमा पान पसलमा अनिवार्य डस्टविन राख्ने, ग्राहकहरूलाई जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायीहरू सहमत भएका हुन् ।
यस्तै गुट्का तथा सुर्ती जन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाई गर्दै विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको छ।
सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै वीरगन्जलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यले महानगरपालिकाले पान व्यवसायी संघसँग सहमति गरेर यो निर्णय गरेको हो।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भने,ुहामी वीरगन्जलाई स्वच्छ,सफा र मर्यादित शहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।ु
पान व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् । पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका,अस्पतालमा उपचार गरिरहेका बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सीमित र अनुशासित विक्री प्रणालीमा सहयोग गर्न आफूहरू तयार रहेको बताए। साथै व्यवसायी संघले नै पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न,र्यापर जथाभावी नफाल्न, फोहोर जथाभावी नगर्न भन्दै सचेतनामुलक जागरण र्याली प्रदर्शन गर्दै नागरिकमा सचेतना फैलाउने पनि प्रतिबद्धता जनाएको छ ।
वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय सञ्चालन गर्न पनि उनीहरू तयार भएका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगरले अब बजार अनुगमन गर्ने,नियम उल्लंघन भएमा कारबाही गर्ने र नागरिकबीच चेतना फैलाउने कामलाई तीव्र बनाउने बताए ।











प्रतिक्रिया दिनुहोस