आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्ज नाकाबाट एक वर्षमा २२ अर्बको धान, चामल, मकै र कोदो भित्रियो

एपी खबर २०८२ श्रावण १०, शनिबार ( ७ महिना अघि) १३४ पाठक संख्या

वीरगन्ज भन्सार नाका हुँदै एक वर्षमा २२ अर्ब रुपैयाँ बढीको धान, चामलसहितका खाद्यान्न नेपाल भित्रिएको छ। गत आर्थिक वर्ष २०८१र८२ मा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै २२ अर्ब ३७ करोड रुपैयाँ मूल्यको धान, चामल, मकै, कोदो, फापर र कनिका नेपालमा आयात भएको हो।

 

 

अघिल्लो आर्थिक वर्ष २०८०र८१ को भन्दा गत आर्थिक वर्ष २०८१र८२ मा ६ अर्ब ३३ करोड रुपैयाँ बढी मूल्यको खाद्यान्न वीरगन्ज नाका हुँदै भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। उसका अनुसार, अघिल्लो आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १६ अर्ब ४ करोड रुपैयाँ मूल्यको धान, चामल, मकै, कोदो, फापर र कनिका नेपाल भित्रिएको थियो।

 

 

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै अघिल्लो आर्थिक वर्षको भन्दा ३९ दशमलव ४६ प्रतिशत बढीले अर्थात ६ अर्ब ३३ करोड बढी मूल्यको खाद्यान्न आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए।

 

 

गत आर्थिक वर्ष २०८१र८२ मा खाद्यान्नमा सबै भन्दा बढी १२ अर्ब ७२ करोड मूल्यको ३ लाख १३ हजार ८६९ मेट्रिक टन धान आयात भएको छ। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ५३ प्रतिशतले बढी धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २९ करोड मूल्यको २ लाख ८ हजार ९४२ मेट्रिक टन धान आयात भएको थियो।

 

 

यस्तै गत आर्थिक वर्षमै वीरगन्ज नाका हुँदै ६ अर्ब ७३ करोड रुपैयाँ मूल्यको १ लाख ३९ हजार ६५९ मेट्रिक टन मकै आयात भएको छ। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशत बढी मकै आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै ५ अर्ब ५९ करोड मूल्य बराबरको १ लाख २९ हजार ९१८ मेट्रिक टन मकै आयात भएको थियो।

 

 

 

यस्तै गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै चामलको आयातपनि ४० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ मूल्यको २४ हजार ८१३ मेट्रिक टन चामल आयात भएको भएको हो। अघिल्लो आर्थिक वर्षमा भने १ अर्ब ७३ करोड रुपैयाँ मूल्यको १३ हजार २४१ मेट्रिक टन चामल आयात भएको थियो।

 

 

यसैगरी गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ मूल्यको ९ हजार १९२ मेट्रिक टन कोदो र फापर आयात भएको छ। गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ११ प्रतिशत बढी कोदो र फापर आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यो नाका हुँदै ४३ करोड रुपैयाँ मूल्यको ८ हजार ४९५ मेट्रिक टन कोदो र फापर आयात भएको थियो।

 

 

यस्तै गत आर्थिक वर्षमा वीरगन्ज भन्सार नाका हुँदै ४ करोड रुपैयाँ मूल्यको ८ सय ४७ मेट्रिक टन कनिका पनि नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। नेपालमा हुने उत्पादनले नपुग्ने भएपछि भारत , रसिया , टर्की , भियतनाम , ब्राजिल , अर्जेन्टिना , चीन , क्यानाडा, अष्ट्रेलिया , थाइल्याण्ड , जापान लगायतका मुलुकबाट वीरगन्ज नाका हुँदै बर्सेनि अर्बौ मूल्यको धान , चामल , मकै, कोदो, फापर लगायतका खाद्यान्न नेपाल आयात हुने गरेको छ।

 

 

वीरगन्ज पथलैया र वीरगन्ज पोखरिया औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नजन्य उद्योगहरूले नै भारत तथा तेस्रो मुलुकबाट खाद्यान्न आयात गर्दै आएका छन्। यहाँका उद्योगहरूका लागि खाद्यान्नजन्य कच्चा पदार्थ स्वदेशी उत्पादनले नपुगेकै कारण विदेशबाट आयात गर्नु पर्ने बाध्यता रहेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए।

प्रतिक्रिया दिनुहोस