आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

एपी खबर २०८२ भाद्र ९, सोमबार ( ६ महिना अघि) १५६ पाठक संख्या

मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ ।

 

 

मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आइतबार यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।

 

 

सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुँवरले प्रदेशमा पारदर्शिता, जबाफदेहिता, समावेशिता तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताए ।

 

 

बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरूको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस