आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीले रातभर कु¥यो सुटकेस, बिहान खोल्दा महिलाको शव फेला, यसो भन्छ प्रहरी

एपी खबर २०८२ भाद्र ९, सोमबार ( ६ महिना अघि) १७९ पाठक संख्या

रौतहटमा सुटकेशभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । शनिबार राति रौतहटको गौर नगरपालिका–९ अन्तर्गत गौर–सिरसिया सडकखण्डमा सडक किनारमा फालिएको सुटकेशबाट महिलाको शव फेला परेको थियो।

 

 

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार मृतक महिला माधवनारायण नगरपालिका–६ माधवपुरकी २६ वर्षीया रूवीकुमारी साह भएको पुष्टि भएको हो । शवको सनाखत उनकी आमा र दाइले गरेका हुन् ।

 

 

रूवीकुमारीको घर भारतको मुजफ्फरपुरमा भए पनि उनी करिब चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन् । छोरालाई पढाउनका लागि गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा लिएर बस्दै आएकी उनले हालैसम्म त्यहीँ बसोबास गर्दै आएकी थिइन् । उनका श्रीमान भारतमै बस्ने बताइएको छ।

 

 

शनिबार राति करिब साढे ९ बजे मुडवलबा गेट नजिकै शंकास्पद सुटकेश भेटिएपछि प्रहरीले रातभर निगरानी गरेको थियो । बिहान डिएसपी कार्की नेतृत्वको टोलीले सुटकेश खोल्दा डोरी र सलले घाँटी बाँधिएको अवस्थामा उनको शव भेटिएको हो । नाकमा रगतका दाग समेत देखिएकाले हत्या भएको अनुमान गरिएको छ।

 

 

डिएसपी कार्कीका अनुसार शवको प्रकृति हेर्दा शुक्रबार दिउँसो हत्या भएको जस्तो देखिन्छ। शवलाई पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस