आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत

एपी खबर २०८२ भाद्र १४, शनिबार ( ६ महिना अघि) १६५ पाठक संख्या

 

प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ उडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मधेस प्रदेशको यात्रामा निस्किएकी छिन् ।

 

 

उनी मधेसमा उत्रिँदा बाराको सिमरा विमानस्थलमा एमालेका सयौँ नेता–कार्यकर्ताले ५१ केजीको मालासहित स्वागत गरेका छन् ।

 

 

वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा उनी शनिबार बिहान सिमरा विमानस्थल पुगेकी हुन् ।

 

 

भण्डारीलाई साथ दिन एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द्र सिंह पनि विमानस्थल पुगे ।

 

 

उता, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु, बाराको जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत स्वागत गर्न विमानस्थल पुगे ।

 

 

भण्डारीले वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको वृहत महिला सम्मेलन–२०८२ लाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस