आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री अर्याल जनकपुरमा

एपी खबर २०८२ पौष २९, मंगलबार ( ३ हप्ता अघि) १२५ पाठक संख्या

गृहमन्त्री ओमप्रकाश अर्याल भोलिदेखि सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज धनुषाको जनकपुरधाम पुगेका छन् ।

 

 

लुम्बिनी प्रदेशको रुपन्देहीबाट ९ मंसिरदेखि सुरु भएको सुरक्षा गोष्ठी ३० पुसमा मधेश प्रदेशमा आयोजना गरेर यस वर्षको प्रदेशस्तरीय सुरक्षा गोष्ठी औपचारिक रुपमा समापन हुनेछ ।

 

 

संघीय सरकार अन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त योजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ।

 

 

यस वर्षको सुरक्षा गोष्ठी आगमी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई केन्द्र राखेर समग्र प्रदेश र जिल्लाहरूको सुरक्षा अवस्था र आन्तरिक तयारी र अपनाइनु पर्ने सुरक्षा रणनीतिबारे विस्तृत रूपमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस