आज:  २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली नोटसहित एक जना पक्राउ

एपी खबर २०८१ जेष्ठ २७, आईतबार ( ८ महिना अघि) १४२ पाठक संख्या

काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको   हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस