आज:  २०८२ जेष्ठ ७, मंगलबार | Tue, 20, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

एपी खबर २०८१ आश्विन १३, आईतबार ( ७ महिना अघि) १३९ पाठक संख्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस