आज:  २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको मूल्य बढ्यो

एपी खबर २०८१ पौष २६, शुक्रबार ( १ महिना अघि) ५७ पाठक संख्या

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँ कायम छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

 

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस