आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभाको बैठक बस्दै

एपी खबर २०८१ फागुन १८, आईतबार ( १ साल अघि) १२१ पाठक संख्या

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।

 

बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रियसभा अन्तरगत गठित विषयगत समितिमा रहने सदस्यको हेरफेर गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

 

नेपाल कानुन व्यवसायी परिषद दोस्रो संशोधन विधेयक, २०८१ छलफल गरी पारित गर्ने कार्यसूचि छ। यस्तै भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७६ र सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धमा प्रतिनिभिसभाबाट भएको संशोधनमाथि छलफल गर्ने र संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

 

यस्तै विद्युतीय व्यापार विधेयक, २०८० र विधायन सम्बन्धी विधेयक २०८० लाई छलफल गरी संशोधनलाई सहमति मागिनेछ।

 

अघिल्लो समाचार

जसपा नेपालको केन्द्रीय कमिटी आजदेखि

 

पछिल्लो समाचार

वीरगञ्ज नाकाबाट आठ अर्ब ६८ करोडको धान–चामल भित्रियो

प्रतिक्रिया दिनुहोस