आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

युके र क्यानडा पठाइदिने भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ

एपी खबर २०८१ चैत्र ३१, आईतबार ( ११ महिना अघि) १४२ पाठक संख्या

वैदेशिक रोजगारीको लागि युके र क्यानडा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँफालिका(३ घर भई काठमाडौं महानगरपालिका(२९ बस्ने ३५ वर्षीय ख्याम खड्का रहेका छन्।

 

यस्तै, मोरङ ग्रामथान गाउँपालिका(६ घर भई हाल काटमाडौं महानगरपालिका(३० बस्ने २३ वर्षीय ईश्वर पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

 

खड्कालाई ललितपुर महालक्ष्मी नगरपालिका(८ र पोखरेललाई काठमाडौं(१४ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

 

खड्काले युके पठाइदिन्छु भन्दै दुई जनाबाट ३६ लाख रुपैयाँ र पोखरेलले क्यानडा पठाइदिने बहानामा १० लाख ५१ हजार रुपैयाँ ठगी गरेको आचार्यले बताए।

 

रकम लिएर लामो समय बेपत्ता भएपछि उनीहरूविरूद्ध पीडितले उजुरी गरेका थिए। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी परिसर भद्राकाली र पोखरेललाई वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस