आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने एनसेल पहिलो र एक मात्र कम्पनी

एपी खबर २०८२ बैशाख १०, बुधबार ( १० महिना अघि) १२० पाठक संख्या

एनसेल नेपालको डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकृत गरेको हो।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विभागले ‘डाटा सेन्टर तथा क्लाउड सेवा ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका २०८१’ बमोजिम यो सूचीकरण गरेको हो।

 

निर्देशिकाले डाटा सेन्टर र क्लाउड सेवा प्रदायकलाई ६ महिनाभित्र सूचीकृत हुनुपर्ने प्रावधान राखेको छ। एनसेलले समयअगावै प्रक्रिया पूरा गरेको हो।

 

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण, कागजातको गहन अध्ययन, आगलागी सुरक्षा, गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान र डाटा सेन्टरको टियर जस्ता मापदण्डको मूल्याङ्कन गरी सूचीकरण गरेको हो।

 

एनसेलले ललितपुरको नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यवसायका लागि उपयुक्त अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालन गर्दै आएको छ। साथै, पोखरा र हेटौंडामा दुई डिजास्टर रिकभरी डाटा सेन्टर पनि सञ्चालित छन्।

 

एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले साइबर सुरक्षा र डेटा गोपनीयतामा अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिएको बताए। उनले यो सूचीकरणले डिजिटल नेपालको भिजनमा योगदान पुग्ने र सूचना प्रविधि क्षेत्रको विकासमा एनसेलको प्रतिबद्धता झल्काउने बताए।

 

२०८१ माघ १५ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत यो निर्देशिकाले सुरक्षा, गोपनीयता र पूर्वाधारमा कडा नियमहरू लागू गरेको छ। सूचीकरणले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस