आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सरकार शिक्षकमाथि दमनमा उत्रिएको विपक्षी सांसदको आरोप

एपी खबर २०८२ बैशाख १५, सोमबार ( १० महिना अघि) १५५ पाठक संख्या

विपक्षी दलका सांसदहरूले शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन्। प्रतिनिधिसभा बैठकको सोमबार आकस्मिक समयमा उनीहरुले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरुमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन्।

 

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै भत्र्सना गरे। संविधान निर्माणसँगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको उनको भनाइ छ। शर्माले शिक्षकहरुको जायज माग सम्बोधन नगरी दमनमा उत्रनु उचित नभएको बताए।

 

रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरुमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरुको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनले बालबालिकाहरुको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताइन्।

 

राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन्। उनले पनि शिक्षा ऐन पारित गर्दै शिक्षकहरुलाई पठनपाठन गर्ने वातावरण बनाउन माग गरिन्। त्यस्तै सांसदहरुले शिक्षक आन्दोलनका क्रममा घाइतेहरुको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस