राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा रास्वपा सांसदसमेत रहेका अर्यालले विभिन्न पेसागत कर्मचारी आन्दोलनमा हुँदासमेत सरकारले अनदेखा गरेको बताए ।
ूविभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ,ू उनले भने ।
उनले शिक्षक आन्दोलनका घाइतेको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखे । ूहिजो जति जना पनि घाइते हुनुभएको छ, उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौँ,ू उनले भने ।
फरक प्रसंगमा अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन हुने गरी आउनुपर्ने बताए । मुलुकमा रोजगारी वृद्धि गर्न तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस