आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

्पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

एपी खबर २०८२ बैशाख १५, सोमबार ( ९ महिना अघि) १६८ पाठक संख्या

प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।

 

आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा आँखामा परेर पत्रकार कार्कीको दुबै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको जनाएको छ ।

 

चौतारीका महासचिव हिरामान लामाले एक प्रेस बिज्ञप्ति जारी गर्दै भने, ‘नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी श्रमजीवी पत्रकारमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भत्सर्ना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको व्यबस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग जोडदार गर्दछ ।’

प्रतिक्रिया दिनुहोस