आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

१७ अर्बबढी अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ

एपी खबर २०८२ बैशाख १५, सोमबार ( १० महिना अघि) १५३ पाठक संख्या

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अवैध वित्तीय कारोबार गरेको आरोपमा विभिन्न जिल्लाबाट २१ जनालाई पक्राउ गरेको छ।

 

सीआईबीले अवैध वित्तीय कारोबारको आरोपमा ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रेमिट्यान्स कम्पनीदेखि ट्राभल्सका सञ्चालकहरू रहेका छन्।

 

पक्राउ परेकाहरू आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार ९भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली० लगायतमा संलग्न रहेको खुलेको सीआईबीले जनाएको छ।

 

उनीहरूले अवैध कारोबारवापत प्राप्त गरेको रकमलाई डिजिटल वालेट ९सजिलो पे र पेवेल नेपाल प्रालि० कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्न मनी मुलेहरू परिचालन गरी ठूलो परिमाणमा नगद बैंकमा स्थानन्तर गरेको पाइएको छ।

 

खातामा जम्मा भएको रकमलाई विभिन्न मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीहरू मार्फत इमनी बनाई रेमिट्यान्समार्फत विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूद्वारा नेपालमा रहेका आफन्तहरूको खातामा भुक्तानी गर्दै आएको सीआईबीले जनाएको छ।

 

सीआईबीले जनाएअनुसार पक्राउ परेका व्यक्तिहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ अवैध कारोबार गरेका छन्। उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस