आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले थाल्यो डेङ्गी नियन्त्रण अभियान

एपी खबर २०८२ श्रावण १, बुधबार ( ६ महिना अघि) १५५ पाठक संख्या

नेपालको प्रमुख स्वास्थ्य समस्यामध्येको एक डेङ्गी रोगबिरुद्ध सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो । मन्त्रालयले आज आयोजना गरेको अभियान घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा वर्षेनि झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण हुने गरेकोले समुदायस्तरमा अभियान चलाउनुपरेको बताए । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण फैलने समय भएकाले यो बेला उच्च सतर्कताका साथ अभियान सञ्चालन गर्न उनले आग्रह गरे।

 

स्वास्थ्य सचिव डिल्लीराम शर्माका अनुसार, डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८१÷८२ का लागि एक करोड २० लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा चितवनमा डेङ्गी सङ्क्रमण देखा परेको थियो । यस वर्ष ७५ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले सन् २०३० सम्ममा डेङ्गी सङ्क्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस