आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

होन्डाको लोकप्रिय मोटरसाइकल ‘साइन’ इलेक्ट्रिक भर्सनमा आउने

एपी खबर २०८२ श्रावण १, बिहिबार ( ७ महिना अघि) १४८ पाठक संख्या

होन्डाको साइन मोटरसाइकल इलेक्ट्रिक संस्करणमा बजारमा आउने भएको छ।

 

नेपाल र भारतमा अत्यधिक लोकप्रिय मानिएको साइनलाई होन्डाको पहिलो भारतमै उत्पादन हुने इलेक्ट्रिक मोटरसाइकलको रूपमा विकसित गर्न लागिएको विभिन्न रिपोर्टहरूमा उल्लेख छ।

 

भारतीय बजारका लागि पहिलो इलेक्ट्रिक मोटरसाइकलको तयारीमा जुटेको होन्डाले यसको पेटेन्ट दर्ता गरिसकेको छ।

 

हालै सार्वजनिक भएका तस्बिरहरु अनुसार साइन ईभीमा दुईवटा स्वापेबल ब्याट्रीको व्यवस्था गरिएको छ। इन्धन ट्यांकी राख्ने ठाउँमा ब्याट्री राखिनेछ भने इन्जिन हुने भागमा कम्प्याक्ट इलेक्ट्रिक मोटर जडान गरिएको देखिन्छ।

 

होन्डाले साइन ईभीलाई लागत सस्तो राख्नका लागि हाल चलिरहेको पेट्रोल इन्जिनयुक्त साइनकै चेसिस फ्रेम प्रयोग गर्ने योजना बनाएको छ। तर, मोटरसाइकलको डिजाइन, ग्राफिक्स तथा केही कम्पोनेन्टहरूमा नयाँपन दिने तयारीसमेत गरिएको छ।

 

हालसम्म कम्पनीले आधिकारिक रूपमा विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

 

सस्तो, भरपर्दो र प्रयोगमैत्री मोडलका कारण साइन ईभीले नेपाली बजारमा पनि राम्रो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस