आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ स् मन्त्री पाण्डे

एपी खबर २०८२ श्रावण ८, बिहिबार ( ७ महिना अघि) २१६ पाठक संख्या

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि नीजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

 

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि नीजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’

 

मन्त्री पाण्डेले मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै नीजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

 

अर्थमन्त्रीले पर्यटनलाई थोरै महत्व दिएकोमा गुनासो गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ । अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ । त्यसकारण सीमित स्रोतसाधनका बीच हामीले काम गर्ने प्रयासहरु गरिरहेका छौं ।’

 

मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्‍नुपर्नेसमेत बताएका छन् ।

 

मन्त्री पाण्डेले देशभन्दा बाहिरको मानिस एकपटक आएपछि पटकपटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थपे, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’

 

मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसलना प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएकोसमेत मन्त्री पाण्डेले बताएका छन् ।

 

प्रकृति र संस्कृति लाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले थपे ‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरुको कथा हामीले सुनाउनुपर्छ र देखाउनु पर्छ ।’

 

मन्त्री पाण्डेले हाम्रा कयौं पर्यटकीय गन्तव्यहरुको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्रा देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेका छौं ।

 

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपक राज जोशीले पछिल्लो समय पर्यटकहरुको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरेका छन् ।

 

उनले भने, ‘पछिल्ला वर्षहरुमा पर्यटकको प्रवृत्ति बदलिएको छ । भएका गन्तव्यभन्दा आफैं गन्तव्य खोज्दै हिँड्ने पर्यटकहरुको संख्यामा विस्तारै वृद्धि भइरहेको छ ।’

 

सीईओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसंगीतका भिडियोहरुले पनि नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचार(प्रसार गरिरहेको बताए । उनले नेपालका गन्तव्यहरुको ब्राण्डिङ गरेर विदेशी पर्यटकहरुलाई नेपाल ल्याउने प्रबर्द्धनात्मक कामहरु गर्न सबै निकायसँग सहकार्य भइरहेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस