आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बालेनले काठमाडौंबाट गरिखाने वर्गलाई हटाउन खोजेको भन्दै कवाडी व्यवसायीको गृहमन्त्रीलाई ज्ञापनपत्र

एपी खबर २०८२ श्रावण १०, शनिबार ( ७ महिना अघि) २३५ पाठक संख्या

काठमाडौं महानगरले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीलाई धरपकड गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्।

 

 

कवाड व्यवसायी र सङ्कलकमाथि भइरहेको महानगरको ज्यादती तत्काल रोक्न माग गर्दै कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्तासहितको टोलीले शनिबार गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्।

 

 

उनीहरूले सरकारको प्रचलित कानुन बमोजिम दर्ता रही काठमाडौँ महानगरपालिकाको विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएको बताएका छन्।

 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बर्षों देखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूले सरकारलाई तिर्नु पर्ने सम्पूर्ण कर ९राजस्व० तिर्दै आएका छौँ । देशमा सञ्चालित उद्योगहरू स्टील, वियर तथा मदिराजन्य उद्योग, कागज, प्लास्टिक, ब्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ति गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भूमिका रहेको छ।’

 

 

यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आबद्ध रहेको भन्दै वातावरणीय सरसफाइमा कवाड व्यवसायको योगदान रहेको उल्लेख गरे।

 

 

पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, सङ्कलक मजदुरहरू माथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायीका संरचनाहरू भत्काउने, सङ्कलक र मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको छ । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् ।’

 

 

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरबाट गरिब जनता गरिखाने वर्गलाई हटाउने खोजेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस