आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट शो’मा २८ प्रतियोगी छनोट

एपी खबर २०८२ भाद्र ११, बुधबार ( ६ महिना अघि) १५३ पाठक संख्या

‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित छनोट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।

 

 

अडिसन चरणमा ९० बढी ब्यक्तिले गायन, नृत्य, अभिनयलगायत थुप्रै विधामा प्रतिभा प्रदर्शन गरेका थिए । ति मध्यबाट गायन, नृत्य, अभिनयलगायत विधा समेट्दै २८ प्रतियोगी छानिएका हुन् ।

 

 

नेपाली बालबालिका र युवाले आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वसामु गर्वका साथ प्रस्तुत गर्नसक्ने बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताको इभेन्ट निर्देशक रमेश जंग शाहीले बताएको आयोजकको प्रेस नोटमा उल्लेख छ । प्रतियोगीताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिभा र फेसनको क्षेत्रमा मात्र नभएर विश्वस्तरमा नेपाली युवालाई चम्किन सक्ने अवसरको ढोका समेत खोल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस