अमेरिकी एजेन्सी फर ग्लोबल मिडियाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ५३२ सरकारी पद खारेज गरेको छ ।
एजेन्सीकी वरिष्ठ सल्लाहकार क्यारी लेकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत पद खारेजीबारे जानकारी दिएकी हुन् । उनका अनुसार यो कदमले सरकारी संरचना घटाउने, कार्यप्रणालीलाई दक्ष बनाउन र करदाताको पैसा बचत गर्न सहयोग पु¥याउनेछ ।
विज्ञप्तिमा भनिएको छ, “कर्मचारी हटाएपनि पनि एजेन्सीको मूल उद्देश्य प्रभावित हुने छैन । साँचो समाचार अझै पनि विश्वका ती क्षेत्रहरूमा पुगिरहनेछ जहाँ मानिसहरू तानाशाही वा दमनकारी शासन अन्तर्गत छन्।”
लेकले एजेन्सीलाई सुधार गर्ने कार्य जारी रहने उल्लेख गर्दै भनिन्, “म यस भत्केको एजेन्सीको कार्यप्रणालीलाई सुधार गर्न आगामी महिनाहरूमा थप कदम चाल्ने अपेक्षा राख्छु, ताकि अमेरिकाको आवाज ती भागहरूमा पुग्न सकोस् जहाँ यसको सबैभन्दा बढी आवश्यकता छ।”
एजेन्सी फर ग्लोबल मिडिया अमेरिकाको सरकारी सञ्चार संस्थामध्ये एक हो, जसले भ्वाइस अफ अमेरिका लगायतका मिडियामार्फत विश्वभर समाचार तथा सूचनाको प्रसारण गर्दै आएको छ ।











प्रतिक्रिया दिनुहोस