आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बनेपामा ७३० राउन्ड गोलीसहित ८ जना पक्राउ

एपी खबर २०८२ भाद्र २९, आईतबार ( ५ महिना अघि) १३८ पाठक संख्या

काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउन्ड गोलीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

 

 

उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रहरीका अनुसार बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्कालाई गोलीहरूसहित पक्राउ गरिएको हो।

 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गोलीसहित पक्राउ गरेको हो।

 

 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस