आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ज्ञानेन्द्र शाहीले भने– जेनजीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ

एपी खबर २०८२ आश्विन २९, बुधबार ( ३ महिना अघि) १०८ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई कठोर सर्तसहितको सुझाव दिएका छन् ।

 

 

संसद् पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउन बुधबार सिंहदरबारमा बोलाइएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले जेन–जीका माग पहिले पूरा हुनुपर्ने अडान राखेका हुन् ।

 

उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको बताउँदै ‘जेन–जीका माग’ पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद् पुनःस्थापनाको मुद्दा अघि बढाउन सभामुखलाई आग्रह गरे ।

 

 

सभामुख घिमिरेले ११ राजनीतिक दललाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन् । मंगलबार मात्रै संसद् पुनस्र्थापना माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट परेलगत्तै सभामुखले छलफल थालेका हुन् ।

 

बैठकमा राप्रपाका तर्फबाट सहभागी प्रवक्ता शाहीले संसद्लाई निरन्तरता दिने वा पुनःस्थापना गर्ने भन्दा देशलाई सही दिशातर्फ लैजान आधारभूत सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस