आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरीमा एकैपटक १६८ अधिकृतको कमान्ड जिम्मेवारी बदली

एपी खबर २०८२ आश्विन २९, बुधबार ( ३ महिना अघि) १४४ पाठक संख्या

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमान्ड जिम्मेवारी बदली गरेको छ । बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै अधिकृतहरूको कमान्ड जिम्मेवारी बदली गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

बदली गरिएका अधिकृतहरूमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी १६८ जना छन् ।

 

 

सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, मुख्यालयले कमान्डमा खटिने अधिकृतहरूको पहिले नै पूर्वअनुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतहरूलाई कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस्तै, राजस्व संकलनलाई विशेष जोड दिँदै विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई ट्र्याक रेकर्ड अनुसार कमान्डमा प्राथमिकता दिइएको छ ।

 

 

अनिवार्य अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारीमा खटाएको मुख्यालयले जनाएको छ । उनीहरूलाई आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस