आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त

एपी खबर २०८२ पौष २९, मंगलबार ( ३ हप्ता अघि) १५८ पाठक संख्या

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त भएका छन् ।

 

 

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मंगलबार डा. सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन् ।

 

 

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मंगलबारदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले प्रदेश सरकारका तर्फबाट कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस