आज:  २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुनसान काठमाडौँको सडक

एपी खबर २०८२ फागुन १८, सोमबार ( १३ घण्टा अघि) ४८ पाठक संख्या

निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा काठमाडौँको सडक सुनसान देखिएको छ ।

 

मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौँको मुख्यमुख्य सडकमा केही ठाउँमा होली खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन ।

 

अब फागुन २१ गते अर्थात् मतदानका लागि ३ दिन मात्रै बाँकी छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरू आज बेलुका राति १२ बजेबाट मौन अवधि सुरु हुने भएपछि उनीहरूले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् ।

 

त्यसैगरी मतदाताहरू पनि मतदानका लागि आ आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तीव्रता दिएका छन् । काठमाडौँको सडकमा यहाँका उम्मेदवार र उनीहरूको प्रचारका लागि हिँडेका केही गाडीहरूले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ ।

 

यस पटकको निर्वाचनमा राजनीतिक दलहरूले घरदैलो अभियानलाई बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरूले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरू पनि कम देखिएका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरू सचेत गराउँदै आएको छ ।

 

निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होली पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस