आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

संबिधान निर्माण पछि विकास निर्माण कार्यलाइ प्राथमीक्ता दिन आवश्यक पुर्व युवा तथा खेलकुद मन्त्रि पौडेल

AuthorAP Khabar २०७५ भाद्र १, शुक्रबार ( ७ साल अघि) ८४२ पाठक संख्या

कलैया :  पुर्व युवा तथा खेलकुद मन्त्रि पुषोत्तम पौडेलले संविधान निर्माण पछि विकास निर्माणका कार्यलाइ प्रथमीक्त दिन आवश्यक रहको बताउनु भएको छ । बारा कलैया नगरपालिका स्थित उत्तर झिटकैयामा सडक ढलानको शिलन्यास तथा खेलमैदानको उदघाटन् गदै सो कुरा बताउनुभएको हो ।
उहांले संविधान निर्माण पश्चात नेपालीमा नयां उत्साह पलाएको बताउदै अब देशलाइ नै विकासको बाटोमा अगाडी बढाउन जरुरी रहेको जिकीर गर्नुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद पौडेलले बारा जिल्लामा बिकासको क्षेत्रमा अवसर बोकेको जिल्ला भएकोले र जिल्लामा विकासको लहर नै सुरु भएको बताउनु भयो ।
उहांले यस जिल्लामा रहेका अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं तराइ द्रुतमार्ग, बिशेष आर्थिक क्षेत्र र हुलाकि मार्गका लागि सरकारले बजेट बिनियोजन गरीसकेको उल्लेख गदै अब छिटै टेण्डर प्रक्रियाबाट काम सुरु हुने दाबि गर्नुभयो ।
बारा क्षेत्र नम्बर ६ का सांसद समेत रहनुभएका पौडेलको निर्वाचन क्षेत्र बिकास पुर्वाधार कार्यक्रम बाट रु १० लाखमा सो सडकको ढलान र युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त रु ५ लाखमा झिटकैया खेलमैदान निर्माण हुनलागेको हो ।
उपभोक्ता समितीका अध्यक्ष गोरख यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले बाराका प्रशिक्षण बिभाग प्रमुख मनोज पौडेल, एमाले बाराका सदस्यहरु बिक्रम ठाकुर, युनुस अंसारी, खेलकुद महासंघका केन्द्रिय सदस्य जवाहिर अंसारी,युवा संघका केन्द्रिय सचिवालय सदस्य ध्रुब यादब, खेलकुद महासंघबाराका अध्यक्ष क्यामुदिन मंसुर, नयां शक्तिका शुसिल यादब, एमालेका पुनदेब साह, मदन सहनी,अनिल यादब लगायत ठुलो संख्यामा स्थानियको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस