आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

एपी खबर २०८२ माघ १२, आईतबार ( १ हप्ता अघि) ८१ पाठक संख्या

निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ ।

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।

 

 

ओलीको प्रस्ताव ः एजेन्डा र खाकासहित बहस गर्न तयार छु

 

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका हुन्।

 

 

ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ। देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने(सामने बहस हुनु सकारात्मक छ ।‘

 

 

ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रह समेत गरेका छन्।

 

के भनेका छन् ओलीले रु

 

पब्लिक डिबेटको लागि तयार छौं

 

नयाँ÷पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।

 

 

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।

 

 

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

 

बालेनको जवाफ ः ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ’

 

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै मेयर बालेन शाहले ओलीको स्टाटसमा कमेन्ट गर्दै ओलीसँगको बहस बहिष्कार गर्ने घोषणा गरेका छन्।

 

 

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

 

 

बालेनले अगाडि थपेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । त्योपछि अरू कुरा गरौँला ।‘

 

 

यस्तो छ बालेनको जवाफः

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो !

 

 

आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला !

 

 

७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।

प्रतिक्रिया दिनुहोस