आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराका ब्यवसायीहरुको मतलाई बेवास्था गर्दै वरिष्ठ उपाध्यक्ष शर्मालाई अध्यक्ष बनाइदै ।

एपी खबर २०७८ भाद्र १५, मंगलबार ( ३ साल अघि) ११५४ पाठक संख्या

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मनोमानि रुपमा निर्णय गरी ब्यवसायीहरुलाई अध्यक्ष चुन्ने अधिकारीबाट बञ्चीत गरेका छन् । तदर्थ समितिको रुपमा गठित वर्तमान संघका पदाधिकारीहरुले ब्यवसायीहरुको राय नै नबुझी वरिष्ठ उपायक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णय गरेर आम ब्यवसायीहरुलाई आफै अध्यक्ष चुन्ने अधिकारीबाट बञ्चीत गरेका हुन् ।

 

उद्योग वाणिज्य संघ जीतपुर र उद्योग वाणिज्य संघ सिमरा मिलेर बनेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा हालका पदाधिकारीहरु तदर्थ समितिको रुपमा रहेकोले यसले नयाँ कार्य समितिको निर्वाचन नगराएसम्म विद्यान लादन नहुने नबाब ट्रेडर्सका संचालक अफताब आलमले बताउनुभएको छ ।

 

यस संघमा रहेको वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछने आउदो संघमा स्वतः अध्यक्षमा हुने भएपछि जीतपुरसिमराका ब्यवसायीहरुले यस प्रति विरोध गरेका छन् । यस पालिको अध्यक्ष चुन्ने अधिकारी ब्यवसायीहरुलाई दिनुपर्ने र अब चुनिएको पदाधिकारीले विद्यान बमोजीम वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउन मिल्ने ब्यवसायी आलमको भनाई छ ।

 

यता यस जीतपुरसिमरा उपमहानगपालिका भित्र रहेका बस्तुगत संगठनलाई समेत नसमेटि गरीएको यो निर्णयलाई सच्याउनुपर्ने प्रदेश नम्बर २ को प्रदेश तथा स्थानीय समान्वय समितिका सदस्य एवम संघका पुर्व अध्यक्ष शिव पौडेलले बताउनुभएको छ । जुन सोचका साथ वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने भनियो त्यो जीतपुरसिमरामा नदेखिएको समेत पौडेलले बताउनुभएको छ ।

 

शुरुमा उद्योग वाणिज्य संघ जीतपुर र उद्योग वाणिज्य संघ सिमरालाई एकीकरण गर्न देखिएको समस्या समाधान गर्न आफुलाई अध्यक्ष स्वीकारेपनि ब्यवसायीहरुको मागलाई नकार्न नमिलने जीतपुरसिमरा उद्योग वाणिज्यसंघक अध्यक्ष संजय साहले जानकारी दिनुभयो ।

उहाँले शुरुमा विवाद नगरौ भनेर तदर्थ समितिको निर्माण गरिएकोले पहिलो पटक ब्यवसायीहरुले आफ्नो मतबाट अध्यक्ष चुन्ने अधिकारलाई कसैले रोक्ने नसक्ने र यस बारे केहि कुरा अब हुने अधिवेसनले पनि तय गर्ने जानकारी दिनुभएको छ ।

 

यता वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने आफु स्वतः अध्यक्ष भएको दम्भ समेत देखाउन थालेको स्थानिय ब्यवसायीहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस