आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित

एपी खबर २०८१ पौष १५, सोमबार ( १ साल अघि) १११ पाठक संख्या

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ।

 

बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २(१ गोलले पराजित भएको हो।

 

१(० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो।

 

एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए।

 

पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ६० मिनेटमा एट्लेटिकोले बराबरीमा ल्याएको थियो।

 

यो जितसँगै १८ खेलमा ४१ अंकसहित एटलेटिको लिगाको शीर्ष स्थानमा रहेको छ। बार्सिलोना १९ खेलमा ३८ अंकसहित दोस्रो र एक खेल कम खेलेको रियल म्याड्रिड ३७ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस