आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

एपी खबर २०८१ पौष १५, सोमबार ( १ साल अघि) १३७ पाठक संख्या

नेपाली प्रिमियर लिग ९एनपीएल० विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ ।

 

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो।

 

एनपीएल सिजन १ का विजेता बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

 

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

 

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आईतवार विहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रुपमा स्वागत गरेका थिए।

 

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो।

 

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस